Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका एक बिधालयका पूर्वप्रधानाध्यापक पुर्पक्षका लागि जेल चलान


5.9K
Shares

गोरखाका एक बिधालयका पूर्वप्रधानाध्यापक पुर्पक्षका लागि जेल चलान

गोरखा २६, मंसिर । अख्तियारको भ्रष्ट्राचार मुद्वामा जिल्लाको केराबारीमा रहेको नेपाने माविका पूर्व प्रधानाध्यापक शिवकुमार शाह गोरखा जेल चलान भएका छन् । शाहले बिरुद्व लिखतसम्वन्धी कसुर मुद्वामा अनुसन्धान जारी रहेको बेला गोरखा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए संगै हिजो (बिहीबार) गोरखा कारागार चलन भएका हुन् ।

‘आयोगबाट लिखत सम्वन्धी कसुरमा मुद्वा दर्ता भई हिजो थुनछेकको आदेश हुदा पुर्पक्षका लागि जिल्ला कारागार पठाउने आदेश भएको छ’ गोरखा जिल्ला अदालका निमित्त श्रेस्तेदार बिनोद अधिकारीले भन्नुभयो ।
शाह बिरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखा जिल्ला अदालतमा बिद्यालयको पैसा हिनामिना गरेको, बदयित पुर्ण तबरले बिद्यालयको ब्यवस्थापन समितिको निर्णय पुस्तीकामा शब्दहरु थपघट गरेको तथा सरोकारवालाहरुको किर्ते हस्ताक्षर गरेको अभियोग लागेको छ ।

शाह बिरुद्व आयोगले चैत्र १ गते गोरखा जिल्ला अदालतमा मुद्वा दर्ता गराएको थियो । उनलाई प्रहरीले मंसिर ११ गते मात्र पक्राउ गर्न सफल भएको थियो ।
आयोगले उनी बिरुद्व गोरखा भूकम्प २०७२ पछि बिद्यालय निर्माण गर्दा १६ लाख हिनामिना गरेको आरोप पनि लाग्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology