गोरखा २३, मङ्सिर । चिकित्सक माथि कुटपिटको बिरोधमा गोरखा अस्पतालका चिकित्सकहरुले गएको दुई दिनदेखि बन्द गरेको गोरखा अस्पतालको ओपिडी सेवा आजदेखि सुचारु भएको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले दोषीलाई कुनै हालतमा पक्राउ गरि कानुनी कारवाही गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्वरुप बन्द गरिएको ओपिडी सेवा सुरु गरिएको अस्पताल प्रसासनले जनाएको छ ।
‘चिकित्सकहरुले जिल्ला प्रसासन कार्यालयमा दोषी माथि कारवाहीका लागि माग गर्दै उजुरी दिइसकेको अबस्थामा प्रमुख जिल्ला अधिकारीले छानबिन गरि आबश्यक कारवाही गर्ने प्रतिबद्धता जनाइसक्नु भएको छ, अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. नविन थापाले भन्नुभयो, यस्तो अबस्था अस्पताल बन्द गर्नुहुदैन भन्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कन्भिन्स गराएर सवै सेवा नियमित सञ्चालनमा ल्याएका छौ ।’
प्रसासनले दोषी माथि छानविन र कारबाहीमा ढिलासुस्ती गरे चिकित्सकहरु फर्कन सक्ने अबस्था रहेको उहाँको भनाई छ ।
प्रसासनले छानविन र कारवाहीका प्रक्रिया गर्दागर्दै चित्त बुझेन वा केही भएन बिरोधका कार्यक्रम हुनसक्छन, निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. थापाले भन्नुभयो, त्यस बिचमा सेवा प्रवाह रोक्नु हुदैन भनेर, बिरामीहरुलाई मर्कामा पार्नुहुदैन भनेर स्वास्थ्यकर्मीहरुलाई काममा फर्काएका छौ ।’
उहाँले प्रमुख जिल्ला अधिकारीले चिकित्सकहरुलाई दोषी माथि कारवाहीका लागि प्रतिबद्धता जनाइ सक्नुभएकाले चिकित्सक माथि कुटपिट र दुव्र्यवहार गर्नेलाई कारवाही हुने बिश्वास व्यक्त गर्नुभयो ।