Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

बिप्लव समुहले गोली प्रहार गरि शिक्षकको हत्या


3.5K
Shares

बिप्लव समुहले गोली प्रहार गरि शिक्षकको हत्या

मोरङ २३, मङ्सिर । नेत्रविक्रम चन्द समूहले मोरङमा १ जना शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको छ । मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको आज विहान गोली हानी हत्या गरिएको हो ।

श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक हुन । उनलाई घरबाट अपहरण गरेर बर्खे जंगलमा लगेर हत्या गरिएको मोरङ प्रहरीले जनाएको छ । विहान ६:१५ बजे अपहरणमा परेका श्रेष्ठको घरदेखि ३० मिनेट टाढा जंगलमा लगेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठको टाउकोमा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । हत्यामा संलग्ननको खोजी भैरहेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology