Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ सय नाध्यो


2.1K
Shares

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ सय नाध्यो

काठमाण्डौ २२, मङ्सिर । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १६ सय नाघेको छ । नेपालमा आज थप १७ जनाको मृत्यु भएको छ । गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु् भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार १६१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ सय २० जनाको परीक्षण गर्दा १ हजार १४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६२८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ । हाल सक्रिय सङ्क्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology