गोरखा २२, मङ्सिर । निर्माण ब्यवसायी संघ गोरखाले गोरखा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । १३ औं राष्ट्रिय निर्माण दिवश २०७७ को अबसरमा संघले आज अस्पताल परिषरमा कार्यक्रम गरी स्यानिटाईजर र मास्क हस्तान्तरण गरेको हो ।
संघले १० हजार मुल्य बरावरको उत्त सामाग्रीहरु अस्पताल बिकास समितिलाई हस्तान्तरण गरेको अध्यक्ष बावुराम श्रेष्ठले बताउनुभयो । कोरोना संक्रमणबाट जोगिन संघले अस्पताललाई ५.५ लिटर स्यानिटाईजर र १ हजार २५० थान मास्क हस्तान्तरण गरेको संघले जनाएको छ ।