गोरखा २२, मङ्सिर । गोरखाको बालमन्दिर माविमा अध्ययनरत बालबालिकाहरुलाई आज न्यानो कपडा बितरण गरिएको छ । नेपाल बाल संगठन गोरखा तदर्थ समितिका सभापति मोहनप्रसाद भट्टराईले आफ्नो जन्मदिनको अबसरमा पारेर बिद्यालयमा अध्ययनरत असाह्य र अनाथ बालबालिकाहरुलाई न्यानो कपडा प्रदान गर्नुभएको हो ।
भर्खरै मात्र गठन भएको तदर्थ समितिका पदाधिकारीको परिचयात्मक कार्यक्रम सहित सभापति भट्टराईे सोही अबसरमा त्यहाँ अध्ययनरत २७ जना बालबालिकाहरुलाई ट्याकसुट, जुत्ता, मोजा र टोपीका साथै कपी र कलम समेत बितरण गर्नुभएको हो ।
सोही कार्यक्रममा नेकपा जिल्ला कमिटी सचिव प्रेम गुरुङ र नेपाली काँग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपाने लगायतले समितिले राजनिती भन्दा माथि उठेर बालबालिकाहरुको हक हितको लागि काम गनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, गोरखा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नारायणप्रसाद अर्याल, बालमन्दिर माबिका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धिरजबहादुर मास्के र नेपाल पत्रकार महासंघ गोरखा शाखाका उपाध्यक्ष दिपक श्रेष्ठले तदर्थ समितिको कार्यकालको शुभ कामना व्यक्त गर्नुभएको थियो ।
उत्त कार्यक्रममा तदर्थ समितिका सदस्यद्वय प्रविण श्रेष्ठ, सोनी भट्टराई, नेकपा गण्डकी सम्र्पक समितिका अध्यक्ष कमल दानी समेतको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लुमनाथ लामिछानेले बिधालयको अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।