Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

मह काढ्न रुख चढेका युवकको लडेर मृत्यु


4.8K
Shares

मह काढ्न रुख चढेका युवकको लडेर मृत्यु

वीरगञ्ज २१, मङ्सिर । पर्सामा मह काढ्न रुख चढेका एक युवकको लडेर मृत्यु भएको छ । जिल्लाको ठोरी गाउँपालिका (४ मा माहुरीको मह काढ्न गएका एक युवकको मृत्यु भएको छ । वडा(४ सुन्दरटोलका ३२ वर्षीय धावा भनिने दावा बोम्जनको रुखबाट खसेर मृत्यु भएको हो ।

वन माहुरीको मह काढ्न रुख चढेका उनको खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिनुभयो । प्रहरी निरीक्षक साहका अनुसार बिहान १ बजे माहुरीको मह काढेर रुखबाट झर्ने क्रममा एक्कासी खस्दा उनी गम्भीर घाइते हुनुभएको थियो।

गम्भिर घाइते भएका उहाँको उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको साहले बताए । शव पोस्टमार्टमका लागि नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology