Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

कोरोना संक्रमणबाट थप १७ जनाको एकैदिन मृत्यु


1.7K
Shares

कोरोना संक्रमणबाट थप १७ जनाको एकैदिन मृत्यु

काठमाण्डौ २१, मङ्सिर । २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । यो संगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५९४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । देशभरी सक्रिय सङ्क्रमितको संख्या १३ हजार ५८२ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५३६ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ८४ हजार ५१९ परीक्षणहरु गरिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७५२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology