Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पत्रकार महांसघ गोरखाले भन्यो, पत्रकार न्यौपानेलाई मार्ने धम्की दिनेलाई तत्काल पक्राउ गरि कारवाही गर !


5.4K
Shares

पत्रकार महांसघ गोरखाले भन्यो, पत्रकार न्यौपानेलाई मार्ने धम्की दिनेलाई तत्काल पक्राउ गरि कारवाही गर !

गोरखा २१, मङ्सिर । नेपाल पत्रकार महांघ गोरखा शाखाले पत्रकार राजेन्द्र न्यौपाने माथि ज्यान मार्ने धम्की दिएको घटना प्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ । महासंघले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै पत्रकार महासंघ गण्डकी प्रदेश कमिटीका सदस्य तथा गोरखा शाखाका साधारण सदस्य न्यौपानले माथि समाचार लेखनको बिषयलाई लिएर ज्यान मार्नेसम्मको धम्की दिएको घटना खेदपूर्ण भएको भन्दै दोषी माथि दोषीलाई पक्राउ गरि कानुनी कारवाहीको लागि माग गरेको छ ।

महासंघका जिल्ला सचिव नरहरी सापकोटाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा गोरखा अस्पतालका चिकित्सक माथि एक समुहले शनिबार हातपात र दुव्र्यवहार गरेको घटनाको समाचार सम्प्रेषण गरेको बिषयलाई पत्रकार न्यौपाने माथि राती गोरखा नगरपालिका–५ सतिपिपल घर भई नेपाल दलित बिद्यार्थी संघ गोरखाका अध्यक्ष एबम नेपाल विद्यार्थी सघ गोरखाका जिल्ला कार्य समिती सदस्य बताउने रचन परियारले अपाच्य गाली गलौच गर्दै ज्यान मार्ने धम्की दिएको भन्दै दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याउनु माग गरेको छ ।

बिज्ञप्तिमा घटनाले पत्रकार र पत्रकारिता क्षेत्र माथी ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ । ‘समाजमा आतंक फैलाउदै समाचार लेखेबापत पत्रकारलाई गुन्डागर्दी शैलीमा धम्की दिएको यस घटना प्रति घोर निन्दा एबम भत्सर्ना गर्दै दोषीमाथी तत्काल पक्राउ गरि कानुनी कारबाहीका लागि सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौ ।’ महासंघद्धारा जारी बिज्ञप्ति उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology