Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका पत्रकार न्यौपानेलाई ज्यान मार्ने धम्की


4.6K
Shares

गोरखाका पत्रकार न्यौपानेलाई ज्यान मार्ने धम्की

गोरखा २१, मङ्सिर । नेपाल पत्रकार महसंघ गण्डकी प्रदेशका सदस्य एवंम मनासलु डटकमका सञ्चालक राजेन्द्र न्यौपानलाई ज्यान मार्ने धम्की आएको छ । गोरखा अस्पतालका चिकित्सकहरुलाई दुव्र्यहार भएको सम्बन्धि समाचारलाई लिएर आफुलाई नेपाल दलित बिधार्थी संघ गोरखाका अध्यक्ष बताउने रचन परियारले गएराती म्यासेन्जरमा कल ज्यान मार्ने धम्की दिएको पत्रकार न्यौपानेले जानकारी दिनुभयो।

परियारले समाचार लेखेको बिषयलाई लिएर पत्रकार न्यौपानलेलाई तथानाम गाली गर्दै जहाँ भेेेट्य्यो  चेतावनी दिएका हुन् । सुन मेरो कुरा तेरो नम्बर दे तलाई म अहिले भेट्न आउछु भन्दै उनले तैले कुटेको देखेको छस भन्दै मुख छोडदै अपाच्य अब शब्द बोलेका थिए । उनले आफु नेबिसंघको जिल्ला सदस्य पनि भएको भन्दै तेरो पुलिस प्रशासनसंग आफु नडराउने धम्की पनि दिए ।

परियारले ठूलो कुरा नगर त सिध्धेलास भन्दै म्यासेन्जर कलमा उनले तेरो पुलिस प्रसासनबाट म डराउने मान्छे होइन, तेरो पुलिसले समेत आफुलाई केही गर्न सक्दैन भन्दै गाली गलौच गरेको थिए । उनले आफ्नो घर सतिपिपलको क्याफे दि चौतारीसंग जोडिएको भन्दै सकेको गर्न चुनौती दिएर आफुले भेटे मुन्ट्टो छिनाईदिने धम्की दिएका हुन् ।                                                                                      चिकित्सक माथि किन हातपात गरेको भन्ने प्रश्नमा उल्टै परियारले अब तलाई कुट्छु बुझिस् भन्दै मुख छाडेको थिए । त चोर होेस तलाई मार्छु उनले टेलिफोनमा भने । घटनालाई लिएर पत्रकार न्यौपानले आफ्नो सुरक्षाका लागि महासंघ, प्रशासन सवैलाई अपिल गर्नुभएको छ । पत्रकार न्यौपाने परियारले दिएको घम्किको २ मिनेट २९ को अडियो नागरिक सवालसग सुरक्षित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology