Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

‘स्थायी कमिटीको बैठक गर्न एजेण्डा पनि छैन, तयारी पनि छैन ’ प्रधानमन्त्री ओली


2K
Shares

‘स्थायी कमिटीको बैठक गर्न एजेण्डा पनि छैन, तयारी पनि छैन ’ प्रधानमन्त्री ओली

काठमाण्डौ २०, मङ्सिर । प्रधानमन्त्री समेत रहनु भएका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीको बैठक गर्न एजेण्डा नै नभएको बताउनु भएको छ । आज बसेको पार्टी सचिवालयको बैठकमा उहाँले सचिवालयबाट निकास निकालेर मात्र स्थायी कमिटिको बैठक बस्नुपर्ने अडान लिनु भएको स्रोतको भनाई छ ।

नेताहरुले स्थायी कमिटीमा जाने भन्दै गर्दा अध्यक्ष केपी ओलीले त्यसमा असहमति जनाउँदै ‘बल प्रयोग नगर्न’ आग्रह गर्नुभयो । ‘मलाई केही भन्नु छैन, शायद तपाईहरुको तयारी पुग्यो होला, सबै कुरा मलाई थाहा छ, यसरी पार्टीमा बल प्रयोग नगरौं । आजको बैठकमा पनि बल प्रयोग भएको छ,’ प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा भन्नुभयो, ‘त्यो लाञ्छना पत्रलाई छलफलमा लैजान सकिँदैन, भोलि स्थायी कमिटीको बैठक नगरौं, अलि दिन सचिवालयमै निकास निकालेर बैठक गरौं । स्थायी कमिटीको बैठक गर्न एजेण्डा पनि छैन, तयारी पनि छैन ।’

अध्यक्ष ओलीले बोलिसकेपछि माधव नेपालले प्रतिवाद गर्दै भन्नुभयो, ‘अहिले पनि उहाँमा म नै सुप्रिम हो भन्ने छ, गल्ती स्वीकार गर्नुपर्छ भन्ने नै छैन‘।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology