काठमाण्डौ २०, मङ्सिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठक भोलि दिउँसो एक बजे फेरि बस्ने गरी सकिएको हो ।
बैठकले हालसम्म पार्टीमा प्रस्तुत भएका एजेन्डा स्थायी कमिटीमा पेश गरेर छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । उहाँले पार्टीको समस्याका विषयमा आज छलफल भएपनि निष्कर्स निस्किन सम्भव नभएको भन्दै दुई अध्यक्षबीचको छलफल जारी रहने पनि उल्लेख गर्नुभयो ।
सचिवालय बैठकअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले छलफल गर्नुभएको थियो । दुई अध्यक्षबीचको छलफलपछि सचिवालय बैठक बसेको थियो ।