Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

खुमलटारमा पुगेर प्रचण्डसंग भेटे केपी पक्षका नेता इश्वर पोखरेलले


2.7K
Shares

खुमलटारमा पुगेर  प्रचण्डसंग भेटे केपी पक्षका नेता इश्वर पोखरेलले

काठमाडौं १९, मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सल्टाउने प्रयासस्वरुप आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य ईश्वर पोखरेलबीच छलफल भएको छ । उपप्रधानमन्त्री समेत रहनुभएका नेता पोखरेल बिहान प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो ।

अध्यक्ष प्रचण्ड र नेता पोखरेलबीच करिब एक घण्टा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार अध्यक्ष प्रचण्डसँग नेता पोखरेलको बिहान १० बजे छलफल भएको हो । भेटमा पार्टीको आन्तरिक विवाद सल्टाउने विषयमै छलफल भएको उहाँले बताउनुभयो ।

यसैबीच अध्यक्ष प्रचण्डसँग छलफल गर्न बिहीबार महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ खुमलटार पुग्नुभएको थियो । उपप्रधानमन्त्री पोखरेल राष्ट्रपतिसंग छलफल गर्न आज शीतलनिवास पुग्नुभएको समाचार सञ्चारमाध्यममा आए पनि पोखरेल सचिवालयले सो समाचार झुठो भएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology