Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बहुविवाहको आरोपमा वडाध्यक्ष पक्राउ


3.2K
Shares

बहुविवाहको आरोपमा वडाध्यक्ष पक्राउ

सल्यान १९, मंसिर । बहुविवाहको आरोपमा एकजना वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा वनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष ईन्द्रबहादुर कुमाई रहनु भएको छ ।

वडाध्यक्ष कुमाईलाई शुक्रबार बेलुका जयतपानी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो । वडाध्यक्ष कुमाईसहित उहाँकी कान्छी श्रीमती भनिएकी ग्वाँमी विष्ट कुमाईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

घरमा दुई जना श्रीमती र दुवै श्रीमतीतर्फ ४ जना छोराछोरी हुँदाहुँदै तेस्रो श्रीमती बिहे गरेको आरोपमा स्थानीय ५ जनाले उनीविरुद्ध बहुविवाह गरेको आरोपमा उजुरी दिनुभएको थियो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology