काठमाण्डौ १८, मङ्सिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली लोकतन्त्रका लागि नभइ ज्यान मुद्दामा १४ वर्ष जेल बसेको आरोप लगाउनु भएको छ । तनुहँको ब्यास नगरपालिका स्थित बुल्दीखोला माथि बनेको नवनिर्मित पुलको उद्घाटन गर्नुहुदै उहाँले प्रधानमन्त्री ओली माथि यस्तो आरोप लगाउनु भएको हो ।
“केपी ओली १४ वर्ष ज्यान मुद्दामा जेल बसेको हो ।लोकतन्त्रका लागि होइन ।” बरिष्ठ नेता पौडेलले भन्नुभयो, । जोशमा बुटन चौधरीको हत्या अभियोगमा जेल बसेकाहरुले आफूसँग लोकतन्त्रको गफ गर्न नसक्ने उहाँको भनाई छ । पुल उद्घाटनका लागि हिजो नै त्यहाँ पुग्नु भएका बरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि आज आयोजित कार्यक्रममा उहाँले प्रधानमन्त्री ओलीमाथि कटाक्ष गर्नुभएको हो ।
नेता पौडेलले ०६२–६३ सालको जनआन्दोलनमा बयलगाढा चढेर अमेरिका पुगिन्न, संघीयता लोकतन्त्रमा पुगिन्न भन्ने व्यक्ति ओली नै भएको भन्दै ओलीबाट लोकतन्त्रको रक्षा हुन नसक्ने दावी गर्नुभयो । तनहुँको घटनाले प्रजातन्त्रवादीहरु देशैभर जागेको उहाँको भनाई छ ।