गोरखा १८, मङ्सिर । गोरखााम नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलेको गिरफ्तारीको बिरोध गर्दै आज पनि प्रर्दशन भएको छ । नेपाल बिद्यार्थी संघ र नेपाल तरुण दलको संयुत्त आयोजनामा सदरमुकाममा बिरोध प्रर्दशन गरिएको हो । तरुण दल र युवासंघका नेता कार्याकर्ताहरुले निधारमा कालो पट्टी बाधेर बजार परिक्रमा गर्दै हरमटारी चोकमा पुगेर कोण सभा गरेका थिए।
कोण सभामा नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष सुबास अधिकारी र नेपाल तरुण दल गोरखाका अध्यक्ष आनन्द गुरुङले नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष सरकार अधिनायकबाद तर्फ लम्कीदै अलोकतान्त्रिक कदम चालेको भन्दै त्यसको प्रतिकार गर्न युवाहरु गर्न तयार रहनुपर्ने बताएका छन् । उनिहरुले सरकार बिरुद्ध भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध चर्का नारा लगाएका थिए ।