Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा छोराले कुटेर गरे बाबुको हत्या


1.9K
Shares

गोरखामा छोराले कुटेर गरे बाबुको हत्या

गोरखा १८, मङ्सिर । गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारी स्थित धन्सारमा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । खेतमा धान झार्ने क्रममा भएको सामान्य बिबादका क्रममा ७० बर्षका बृद्धा तुलाराम ढकाललाई उहाँका ४० बर्षिय छोरा भुवन ढकालले कुटपिट गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) बासुदेव खतिवडाले जानकारी दिनुभयो ।

‘धापे भन्ने ठाउँमा खेतमा धान झार्ने क्रममा बाबु छोरा बिच बुधबार झगडा हुँदा छोराले मुक्का र लौराले छाती र खुट्टामा हिर्काउदा बृद्धा गम्भीर घाइते हुनुभएको रहेछ, उहाँले भन्नुभयो, ‘कुटपिटबाट गम्भीर घाइते भएका तुलारामको उपचारको क्रममा गएराती मृत्यु भएको हो ।’ उहाँलाई स्थानीय जौवारी स्बास्थ्य चौकीमा उपचारका लागि पु¥याइको थियो । बाबु छोरा बिच के बिषयमा बिबाद भएको थियो भन्ने बारेमा भने खुल्न बाँकी रहेको डिएपी खतिवडाले जानकारी दिनुभयो

घटना लगत्तै भुवनलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । जौबारीबाट खटिएको प्रहरीको टोलीले युवकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गोरखामा ल्याई घटनाको थप अनुसन्धान सुरु भएको डिएसपी खतिवडाले जानकारी दिनुभयो । मृतकको शव गोरखा अस्पतालमा पोष्टमार्टम गरि परिवारलाई बुझाउने तयारी भइरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology