Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

देशभर आज कोरोना संक्रमितको अबस्था कस्तो छ यो हेर्नुहोस ?


1.3K
Shares

देशभर आज कोरोना संक्रमितको अबस्था कस्तो छ यो हेर्नुहोस ?

काठमाण्डौ १७, मङ्सिर । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ३ सय नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकाका ७ सय २३ जना सङ्क्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६ सय ३१, ललितपुरका ६१ र भक्तपुरका ५८ जना छन् । यससँगै कुल सङ्क्रमितको सङ्ख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ ।

उनीहरुमध्ये २ लाख १८ हजार १ सय ६१ जना सङ्क्रमणमुक्त भएका छन् भने १ हजार ५ सय ३८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशभर १६ हजार ५ सय ४७ सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology