गोरखा १७, मङ्सिर । नेपाली काग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलको गिरफ्तारीको बिरोधमा नेपाल नेपाल बिधार्थी संघले गोरखा सदरमुकाम बिरोध जनाएको छ । सदरमुकामको हरमटारी चोकमा साँझ बिधार्थी संघका नेता कार्यकर्ताको सहभागितमा आफ्नो बरिष्ट नेता पक्राउ गरिएको बिरोध कार्यक्रम गरेको हो ।
नेबिसंघले पौडेलको गिरफ्तारी प्रति घोर भत्र्सना समेत गरेको छ । उनीहरुले बजारको विभिन्न क्षेत्रको परिक्रमा गर्दै आफ्नो निर्वाचन क्षेत्रमा बनेको पुल उदघाट्नका लागि गएका नेतालाई गिरफ्तारी गरेर नेपाली काँग्रेसलाई सडकमा आउन बाध्य बनाएको जनाएको छ ।