Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

काग्रेस बरिष्ट नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणबाट मुक्त


5.3K
Shares

काग्रेस बरिष्ट नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणबाट मुक्त

तनहुँ १७, मङ्सिर । तनहुँ प्रहरीको नियन्त्रणमा पर्नुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले छोडेको छ । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका अरु केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको थियो ।

पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । संघीय सरकारको बजेटमा बनेको उक्त पुल पौडेलले उद्घाटन गरेर जस लिन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले बिरोध जनाएका थिए । आज पौडेलले पुल उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको थियो ।

निषेधित क्षेत्र तोड्न खोजेकाले पौडेललाई नियन्त्रणमा लिइएको डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । काँग्रेस कार्यकर्तालाई निषेधित क्षेत्रबाट हटाउन प्रहरीले लाठीचार्ज र दर्जनौ सेल अश्रुग्यासको सेल हानेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology