Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

रासायनिक हतियारको अन्त्य गर्न राष्ट्रसंघका महासचिवको अन्तराष्ट्रिय समुदायलाई आग्रह


3.2K
Shares

रासायनिक हतियारको अन्त्य गर्न राष्ट्रसंघका महासचिवको अन्तराष्ट्रिय समुदायलाई आग्रह

काठमाण्डौ १६, मङ्सिर । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले रासायनिक हतियारको अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । विश्वलाई नै रासायनिक हतियार विहीन बनाउन उहाँले सोमबार सवैलाई आग्रह गर्नुभएको हो । रासायनिक हतियारबाट पीडितहरुको स्मृति दिवसका अवसरमा सन्देश प्रकाशित गर्दै उहाँले यसको प्रयोग कहिल्यै, कहीँ, कुनै पनि बहानामा वा कुनै पनि अवस्थामा ठीक नभएको दावी गर्नुभयो ।

रासायनिक हतियारको प्रयोगले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुने गरेको पनि उहाँले स्मरण गराउनुभएको छ । “कुनै पनि तरिकाले रासायनिक हतियारको प्रयोगलाई सही सावित गर्न सकिदैन, हामीले यस्लाई निरुत्साहित गर्नुपर्छ, प्रयोग नगर्न चेतावनी दिनुपर्छ,” उहाँले लेख्नुभएको छ ।

उहाँले रासायनिक हतियारको प्रयोगलाई कहिल्यै पनि सहज र स्वाभाविक रुपमा लिन नहुनेमा पनि जोड दिनुभयो । राष्ट्रसंघीय प्रमुखले रासायनिक हतियारको प्रयोग स्वीकार्य हुन नसक्ने स्पष्ट पार्नुभयो ।उहाँले रासायनिक हतियारबाट पीडित भएकाहरुप्रति पनि विश्व समुदायको नैतिक जिम्मेबारी रहेको तर्फ सवैको ध्यानाकर्षण गराउनुभयो । सन्देशमार्फत उहाँले पीडितहरुप्रति सहानुभूति पनि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology