Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर खुलाउनको प्रसासनको ध्यानकर्षण


4.1K
Shares

प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर खुलाउनको प्रसासनको ध्यानकर्षण

गोरखा १४, मङ्सिर । नेपालकै प्रसिद्ध धर्मिक स्थल मनकामना मन्दिर खुलाउन मा गर्दै नेपाल बिधार्थी संघ गोरखाले ध्यानकर्षण गराएको छ । नेपाल बिद्यार्थी संघ शहिद लखन गाउँपालिका इकाई समितिले आज गोरखाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै मन्दिर खुल्ला गर्न पहल गर्न माग गरेको हो ।

इकाईले प्रजिअ तिर्थराज भट्टराईलाइ ज्ञापन पत्र बुझाउदै ‘बन्दाबन्दीले शहिद लखन भित्रको मठ, मन्दिर, चर्च, गुम्बा, मस्जिद लगायतका अन्य धार्मिक स्थलहरु बन्द हुदा स्थानीयको रोजीरोटी समेत गुमेको भन्दै आवश्यक सुरक्षाको मापदण्ड पालना गर्ने गराउने गरि यस क्षेत्रको चर्चित मनकामना मन्दिर लगायतका सबै धार्मिक स्थलहरु नियमित सञ्चालनमा ल्याउन माग गरिएको छ ।

ज्ञापन पत्रमा बन्दका कारण ब्यापार, ब्यवसाय तथा उद्योग र साँस्कृतिक गतिबिधि शुन्य प्राय भएको भन्दै यसको मारमा सयौ सर्वसाधारण परेको उल्लेख गरिएको छ । कोभिडका बिचमा अहिले क्याम्पस, विद्यालय, ब्यापार, ब्यवसाय, उद्योग एवं साँस्कृतिक गतिविधिहरु सुरक्षाका उपाय अपनाएर सञ्चालनमा रहेको भन्दै मन्दिर सञ्चालनका लागि नेबिसंघ प्रशासनलाई समन्वय र सहयोग गरिदिन आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology