Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु


3.1K
Shares

गोरखामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

गोरखा १४, मङ्सिर । गोरखाको सिरानचोक गाउँपालिका –३ स्थित हर्मी भन्ज्याङमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । निर्माण सामग्री झार्ने क्रममा रोकी राखेको ग १ त ४२२६ नम्बरको ट्याक्टर एक्कासी पछाडी हटेर पल्टिदा ट्याक्टरका चालक पालुङटार नगरपालिका वडा नम्बर १ खोप्लाङका २५ बर्षका प्रितम कोइरालाको मृत्युको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो ।

शनिबार दिउँसो २: ५० बजे ट्याक्टर दुर्घटनामा परेका हो । दुर्घटनामा परि गम्भिर घाइते भएका चालक कोइरालालाई जिल्लाको आँपपिपल अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारका लागि चितवन पुरानो मेडिकल कलेजमा लैजादै गर्दा शनिबार साँझ बाटोमा नै मृत्यु भएको उहाँले बताउनुभयो ।

चालकको टाउकोमा गहिरो चोट लागेको र बोल्न नसक्ने अबस्थमा उपचारका लागि पठाइएको थियो । मृतकको शव गोरखा अस्पतालमा पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइएको छ । ट्याक्टर अन्दाजी सडकबाट करिब ६÷७ मिटर तल खसेको प्रमुख ढकालको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology