गोरखा १४, मङ्सिर । गोरखा जिल्लामा आज थप १३ जनामा कोरोना संक्रमणको पुुष्टी भएको छ । जिल्लाको आरुघाट, सिरानचोक, भीमसेन थापा गाउँपालिका र गोरखा नगरपालिकामा संक्रमित थपिएका हुन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचना अनुसार संक्रमण देखिएको आरुघाट गाउँपालिका ८ को आरुपोखरीमा ५ जना पुरुषमा संक्रमण देखिएको छ । आरुपोखरीको ४०, ३२, २९, ४१ र ४० बर्षका पुरुषमा संक्रमण देखिएको छ ।
भीमसेन थापा गाउँपालिका ४ का धावामा २९/२९ बर्षका १/१ जना महिला र पुरुषमा र ७ को बोर्लाङमा २४ बर्षिया महिलामा संक्रमण देखिएको छ भने सिरानचोक गाउँपालिका १ को केराबारीमा ४६ बर्षको पुरुषमा संक्रमण देखिएको हो ।
त्यस्तै गरी गोरखा नगरपालिकामा ८ मा ४५ बर्षका १ जना पुरुष, ९ मा ४५ बर्षिया १ जना महिला र ४६ बर्षका १ जना पुरुष र १० मा ३५ बर्षका १ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयले सूचना जारी गर्दै जिल्लाको आरुघाट, सिरानचोक, भीमसेन थापा गाउँपालिका र गोरखा नगरपालिकामा गरी १८ जनामा कोरोना संक्रमण देखिएको जनाएको भएता पनि होम आइसोलेनमा बस्ने ५ जना रहेको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको छ।