काठमाण्डौ १३, मङ्सिर । गत २४ घण्टामा एक हजार ३ सय ८० जना कोरोना भाइरस कोभिड १९ का सङ्क्रमित थपिएका छन् भने ५१५ जना डिस्चार्ज भएका छन् । देशैभर ९ हजार ३६८ नमुना परीक्षण भएकोमा ८३४ जना पुरुष र ५४६ गरी एक हजार ३६८ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौं उपत्यकामा मात्रै ३६० पुरुष र २८५ जना महिला सहित ६४५ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनसार पछिल्लो २४ घण्टामा १९ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।