गोरखा १३, मङ्सिर नेपाल प्रेस युनियन गोरखाका अध्यक्ष नरेन्द ढकाललाई कोरोना संक्रमणको पुष्टी भएको छ । कोरोना संक्रमणको सामान्य लक्षण देखिएपछि स्वांब परीक्षणका क्रममा उहाँमा कोरोना पुष्टी भएको हो । उहाँमा स्वाद र गन्ध थाहा नपाउने, खोकी लाग्ने तथा सामान्य ज्वरो समेत देखिएको थियो ।
‘तिहारमा घर गएर आएपछि स्वास्थ्यमा समस्या देखिएकाले कोरोना परीक्षण गरेको पत्रकार ढकालले जानकारी दिनुभयो । पत्रकार ढकाल गोरखा समाचार राष्ट्रिय दैनिक, गोरखा पत्र दैनिक र रेडियो गोरखामा आबद्व हुनुहुन्छ ।स्वास्थ्यमा सामान्य समस्या देखिन थाले पछि ढकाल आफै गएको बुधबारदेखि गोरखा सदरमुकाममा रहेको घरमा होम क्वारेनटाइनमा बस्दै आउनु भएको छ ।
सामान्य रुघाखोकी बाहेक अन्य कुनैपनि समस्या नरहेको र आफु स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा समेत रहेको उहाँले जानकारी दिनुभयो ।ढकालले आफुलाई संक्रमण देखिएका कारण आफ्नो सम्पर्कमा रहेका सबैले स्वाब परिक्षण गराउन तथा सतर्क रहन समेत आग्रह गर्नुभएको छ ।