Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

डा भट्टराईको आग्रह : भात पाक्न ढिलो भयो भनेर गोबर नखाऊ !


3.1K
Shares

डा भट्टराईको आग्रह  : भात पाक्न ढिलो भयो भनेर गोबर नखाऊ !

गोरखा १३, मङ्सिर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखान आग्रह गर्नुभएको छ । पछिल्लो केहिदिन यता देशका बिभिन्न शहरमा संघियता र धर्मनिरपेक्षताका विरुद्धमा प्रदर्शन हुन थालेपछि जनता समाजबादी पार्टीका संघिय परिषद् अध्यक्ष समेत रहनु भएका डा. भट्टराईले ट्विट गर्दै युवाहरुलाई यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ । ‘गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊॅ अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बॉकीगिलास भरौं । नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस् ।’ डा. भट्टराईले अगाडिको स्यालसँग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वॉसोलाई बिर्सन नहुने भन्दै दुबैसॅग लडेर अघिजाने साहस गर्न पनि युवाहरुलाई अपिल गर्नुभएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology