गोरखा १३, मङ्सिर । गोरखा अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नम्बर ६ घर भएकी ७५ बर्षिया बृद्धाको हिजो साँझ ८ः३० बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।
गएको ९ गते कोराना भाइरस (कोभिड १९) को संक्रमण पुष्टी भएकी उहाँको आइसियुमा राखेर उपचार भइरहेको थियो । कोरोना संक्रमणसंगै निमोनियाको समेत बिरामी हुनुभएकी उहाँ मंसिर ८ गते उपचारका लागि अस्पताल भर्ना हुनुभएको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।
मृतक महिला गएको १० महिनादेखि हिडडुल गर्न नसक्ने अबस्थामा रहनु भएको अस्पतालले जनाएको छ । उहाँमा अन्य कुनै रोग भने नरहेको पाइएको सूचना अधिकारी ढकालको भनाई छ । मृतक महिलाको शव व्यवस्थापनको तयारी भइरहेको अस्पतालले जनाएको छ । यो संगै गोरखा जिल्ला भित्र कोरोना संक्रमणबाट मत्यु हुनेको संख्या ४ पुगको छ ।