Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेकपाको बिबाद : अध्यक्षद्वयको अडान आ–आफ्नै


2.5K
Shares

नेकपाको बिबाद : अध्यक्षद्वयको अडान आ–आफ्नै

काठमाडौं । सत्ता सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको आन्तरिक किचलो अहिले पनि साम्य भइसकेको छैन । बाहिरबाट हेर्दा बीचको यो समयमा विवाद केही साम्यजस्तो देखिए पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक रणनीतिमा जुटिरहेका छन् ।

त्यसो आउँदो १३ मंसिरमा नेकपा केन्द्रीय सचिवाय बैठक बस्दैछ । गत २८ कार्तिकको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि थप चिढिएका प्रधानमन्त्रीसमेत रहेका ओलीले आउँदो सचिवालयमा ‘काउन्टर प्रस्ताव’को रुपमा आफ्नो तर्फबाट पनि प्रतिवेदन पेश गर्दैछन् ।

पछिल्लो पटक गत ३ कार्तिकमा बसेको सचिवालय बैठकमार्फत् आफूले पनि राजनीतिक प्रतिवेदन पेश गर्ने जानकारी गराएका ओलीले दह्रै प्रतिवेदन तयार पारेको स्रोत बताउँछ । स्रोतका अनुसार ओलीले संकट नै पैदा गर्ने खालको प्रतिवेदन तयार गरिरहेका छन् । अध्यक्ष दाहालले माफी नमागेको खण्डमा ‘हेग’सम्मै पुर्याउनेसम्मको चेतावनीसहितको प्रस्ताव बन्दै गरेको स्रोतले बताएको छ ।

पार्टीको निर्णय नमानेको, कार्यशैली अलोकतान्त्रिक भएको, व्यवहारतः चल्न नसकेको, नीतिगत भ्रष्टाचारलाई बढावा दिएकोलगायत विषयवस्तु अटाएको अध्यक्ष दाहालको पतिवेदन फिर्ता लिनुपर्ने ओलीनिकटका नेताहरुले बताउँदै आएका छन् । खासगरी सूर्य थापा, गोकुल बाँस्कोटा, शंकर पोखरेललगायतले अहिलेसम्म पनि अध्यक्ष दाहालले प्रस्ताव फिर्ता लिनुपर्ने बताइरहेका छन् । प्रस्ताव फिर्ता नलिइए कुनै पनि पार्टी कमिटीहरुमा अध्यक्ष दाहालको प्रस्ताव छलफलको विषय नबन्ने उनीहरुले बताउँदै आएका छन् ।

त्यसो त आगामी १३ गते केन्द्रीय सचिवालय बैठक डाकेको नेकपाले १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक डाकेको छ । अहिलेसम्म अध्यक्ष दाहाललाई प्रतिवेदन फिर्ता लिनैपर्ने बताइरहेको ओली खेमाका कारण आउँदो १३ गते बैठक बस्छ कि बस्दैन भन्ने आशंका व्यक्त भइरहँदा नेकपा स्थायी कमिटी सदस्य तथा बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यले भने १३ गतै बैठक बस्नैपर्ने र त्यसपछिको दुई वटा कमिटीको बैठकबाट समस्याको पूरै समाधान हुनुपर्ने मान्यता राख्छिन् ।

पार्टीभित्र देखिएको सबै समस्याको जड नै प्रधानमन्त्री मान्ने नेतृ शाक्यले मकालु खबरको जिज्ञासामा भनेकी छन्, ‘प्रधानमन्त्रीज्यूले नै समस्याको समााधान खोज्नुपर्छ । किनकी, शुरुमा समस्या निम्त्याउने पनि उहाँ नै हुनुहुन्थ्यो । केपी कमरेडले नै अब सहजकर्ताको भूमिका खेल्नुपर्छ । नभए त नेतृत्व कसरी भयो र रु’

यस्तै नेतृ शाक्यले प्रधानमन्त्रीले आत्म आलोचना गर्नुपर्नेसमेत बताएकी छन् । प्रधानमन्त्रीले आत्म आलोचना गर्न भुलेर आत्मप्रशंसा मात्रै गरेको बताएकी नेतृ शाक्ले भनेकी छन्, ‘प्रधानमन्त्रीज्यूले खाली आफ्नो आत्मप्रशंसा मात्रै गर्नुहुन्छ । नेतृत्व भएपछि आत्म आलोचना गर्न पनि सक्नुपर्छ । आत्म आलोचना गर्न नसक्ने नेतृत्वलाई के नेता भन्नु, के नेतृत्व भन्नु रु’

नेतृ शाक्यले यसअघि पनि अब पनि प्रधानमन्त्रीले अटेर गरेको खण्डमा पार्टीले नपर्खिने बताएकी थिइन् ।

‘अध्यक्षद्वयको अडान आ–आफ्नै’
पार्टी विवाद उत्कर्षमा पुगेको बेला अध्यक्षद्वय भने आ–आफ्नै अडानमा रहिरहेका छन् । तल्लो तहको को पर्खाइमा रहेको दाहाल खेमा प्रस्तावमार्फत् आफूले उठाएको विषयको समझदारीसहित उत्तर आउनुपर्ने बताइरहेको छ ।

दाहाल खेमाले गत २८ कार्तिकमा बहुमत सचिवालय सदस्यले बुझाएको प्रस्ताव, प्रधानमन्त्रीको जवाफी पत्र र पुनः दिएको प्रत्यूत्तर समेटेर तल्लो तहमा पठाइसकेको छ ।

यता ओलीले भने अध्यक्ष दाहालले सचिवालयमा प्रस्तुत गरेको पत्र फिर्ता गरेर सहमतिको आधारमा साझा प्रस्ताव तयार गर्ने पक्षमा थिए । तर, अध्यक्ष दाहालले यो सम्भावना एकदमै कम भएको आफ्नो सचिवालयमार्फत् यसअघि नै बताइसकेका छन् । तर, स्रोतले बताएअनुसार ओलीले आफ्नो प्रतिवेदनमा अध्यक्ष दाहालमाथि ‘५ हजारको जिम्मा लिन्छु भनेको के हो’ देखि ‘शान्ति प्रक्रियामा किन बदमासी गरेको रु’सम्मको कठिन प्रश्न अटाएको छन् ।

यसपछि अध्यक्ष दाहाल पनि यो प्रश्नहरुको उत्तर दिने गरी तयारीमा जुटिरहेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology