Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भारतीय बिदेशमन्त्रीको निम्तो


5.4K
Shares

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भारतीय बिदेशमन्त्रीको निम्तो

काठमाण्डौ १२, मङ्सिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले भारत भ्रमणको निम्तो पठाउनुभएको छ । नेपाल भ्रमणमा रहेका भारतका विदेशसचिव हर्षवर्द्धन श्रृङ्गलाले भारतीय विदेमन्त्री जयशंकरको निमन्त्रणा परराष्ट्र मन्त्री ज्ञवालीलाई हस्तान्तरण गर्नुभएको हो । दुई देशबीचको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका लागि दिल्लीबाट मन्त्री ज्ञवालीलाई निमन्त्रणा आएको हो ।

विदेश सचिव श्रृंगलाले परराष्ट्रमन्त्री ज्ञवालीलाई विदेशमन्त्री डा. एस जयशंकरले संयुक्त आयोगको अर्को बैठकमा सहभागी हुन पठाउनुभएको निमन्त्रणा पनि सुनाउनुभएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । बैठकको मिति भने निर्धारण भइसकेको छैन । यद्यपी परराष्ट्र स्रोतका अनुसार बैठक डिसेम्बरको मध्यतिर आयोजना गर्ने गरी प्रस्ताव आएको छ । दुई देशले पालैपालो आयोजना गर्ने बैठक यसअघि नेपालले २०१९ को अगस्ट २१ मा आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology