गोरखा १२, मङ्सिर । गोरखाको बारपाक सुलिकोट–४, सौरपानीमा कांग्रेस र जनता समाजवादी पार्टीमा लामो समयदेखि सक्रिय रहेका नेताकार्यकर्ताहरु नेकपामा प्रवेश गरेको छन । कांग्रेस र जसपाको नीति र बिचार जनताको हित बिपरित हिड्ने उरेन्ठ्याउलो पन भएको भन्दै आफ्नो पार्टी परित्याग गरि उनिहरु आज नेकपामा प्रवेश गरेका हुन् । सौरपानीमा भएको कार्यक्रममा कांग्रेस र जसपाका संक्रिय नेता कार्याकर्ता नेकपा प्रबेश गरेको नेकपा बारपाक सुलिकोट गाउँपाटी कमिटीका अध्यक्ष नरबहादुर गुरुङले जानकारी दिनुभयो ।

पार्टी प्रबेश गर्नेहरुमा रमेश गुरुङ, मनिराम गुरुङ, राजकुमार बराम, सिजन बराम, कमला देवकोटा, डिलकुमारी भट्ट लगायत रहेका छन् । उहाँहरुलाई नेकपा गण्डकी प्रदेश सदस्य बिष्णुप्रसाद भट्ट र बारपाक सुलिकोट गाउँपालिका पार्टी अध्यक्ष नरबहादुर गुरुङले अवीर र खदामाला लगाई उहाँलाई नेकपामा स्वागत गर्नुभएको थियो । कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष समेत रहनु भएका नेकपाका प्रदेश कमिटि सदस्य बिष्णु प्रसाद भट्टले जनताको अपक्षा अनुसार गाउँपालिका सरकारको बिकास निर्माणका कामलाई अगाडी बढाउदै लगेको बताउनुभयो ।

उहाँले पार्टी एकतापछि पार्टीको बिचार र बिधिबारे छलफल घनिघुत रुपमा अहिले बहस भइरहेको भन्दै बिभाजनको भ्रममा नपर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । कार्यक्रमलाई नेकपा बारपाक सुलिकोट गाउँपार्टी कमिटीका अध्यक्ष नरबहादुर गुरुङले बारपाक सुलिकोटको समृद्धि र बिकासको लागि पार्टी र पार्टी नेतृत्वको कम्युनिष्ट सरकार सक्रिय रहेकोले इमान्दारपूर्वक जनताको पक्षमा काम गर्न पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।
नव प्रवेशीहरुलाई पार्टी प्रतिको निरन्तरता, क्षमता र आवश्यकताको आधारमा उचित जिम्मेवारी दिने बताउदै उहाँले पार्टीको गतिविधिमा सक्रिय हुन सवैलाई आग्रह गर्नुभयो । कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङ, जिल्ला सदस्य मोहन ढकाल, ४ र ७ नं। वडा अध्यक्षद्वय भिम बहादुर गुरुङ र कृष्ण गुरुङ लगायतको उपस्थित रहेको थियो । यसअघि पनि कांग्रेस नेता बुधराम गुरुङ, पुर्ण तामाङ, राम गुरुङ, देवेन्द्र गुरुङ लगायतको नेतृत्वमा सौरपानीकाबाट नै नेपाली कांग्रेस र जनता समाजबादी पार्टी नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए ।

यसै बिच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चुनेडाँडामा भएको पार्टी भेलाले आरके गुरुङको संयोजकत्वमा २१ सदस्यीय ५ नं टोल पार्टी कमिटी समेत गठन भएको जनाएको छ ।