Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भारतीय बिदेश सचिव हर्षवद्र्धन श्रृंगलाद्धारा गोरखाका ३ बिधालयको उद्घाटन (फोटो फिचर)


6K
Shares

भारतीय बिदेश सचिव हर्षवद्र्धन श्रृंगलाद्धारा गोरखाका ३ बिधालयको उद्घाटन (फोटो फिचर)

गोरखा १२, मङ्सिर । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले भारत सरकारको सहयोग निर्माण भएको गोरखाका ३ वटा बिधालयको उद्घाटन गर्नुभएको छ । आज मध्यान्ह्र गोरखा आइपुग्नु भएको उहाँले नवनिर्मित बिधालय भवनको उद्घाटन गर्नुहुदै भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई सहयोग गर्न पाउदा खुशी लागेको बताउनु भएको छ । भारत सरकारको सहयोगमा गोरखा नगरपालिका भित्र भुकम्पले क्षति पु¥याएका ३ वटा बिधालय पुनःनिर्माण सम्पन्न भएसंगै आज नवनिर्मित भवनको संयुक्त उद्घाटन गर्नुहुदै उहाँले यस्तो बताउनु भएको हो । बिदेश सचिव श्रृंगलाले यस्ता खालका सहयोगले नेपाल र भारत बिचको बर्षौदेखि रहि आएको अन्तरसम्बन्ध झन प्रगाढ हुने उल्लेख समेत गर्नुभयो । उहाँले बिधालय भवनको पुनःनिर्माणले बालबालिकाहरुलाई अध्ययनका लागि सहज वातावरण बनेको बताउनुभयो ।

भुकम्पले क्षति पु¥याएका नीजि आवास, सामुदायिक बिधालय र स्वास्थ्य चौकी पुनःनिर्माणमा भारत सरकारले सहयोग गर्दै आइरहेको भन्दै बिदेश सचिव श्रृंगलाले नेपाललाई भारतको सहयोग सधै रहने बताउनुभयो । उहाँले नेपाल एकिकरणको उद्गम थलो गोरखामा आउन पाउदा आफूलाई गर्व लागेको समेत बताउनु भएको छ । ‘नेपालीहरु विश्वभरी साहसीका रुपमा चिनिन्छन, उहाँले भन्नुभयो, ‘तत्कालिन पृथ्वीनारायण शाहले एकिकरण गरेको देशकै नेपाल बिश्वकै सुन्दर देश भित्र पर्दछ यो ठाउमा आउन पाउदा मलाई गर्व लागेको छ ।’

भारत सरकारको सहयोगमा गोरखा नगरपालिका भित्र श्री महालक्ष्मी माध्यामिक बिधालय, श्री रत्नलक्ष्मी माध्यामिक बिधालय र श्री तारा माध्यामिक बिधालय छेवेटारको भवन पुनःनिर्माण सम्पन्न भएको हो । उक्त तिन वटै नवनिर्मित बिधालय भवनको श्री महालक्ष्मी मावि लक्ष्मीबजारमा आयोजित कार्यक्रमका बिच बिदेश सचिव श्रृंगलाले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा गोरखा नगरपालिका प्रमुख राजनराज पन्त, पुनःनिर्माण प्राधिकरण सचिव रामकृष्ण सापकोटा, जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक गुरुङ लगायतले भारतको सहयोगको प्रंससा गरेका थिए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्रा लगायतको पनि सहभागिता रहेको थियो । भारतले नेपालमा भूकम्प पश्चात गोरखा र नुवाकोट जिल्लामा गरि कुल ५० हजार घरहरु निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । जस अनुसार दुई जिल्लामा गरि ४६ हजार ५ सय घरहरुको निर्माण सम्पन्न भई लाभग्राहीलाई हस्तान्तरण गरि सकिएको छ । जसमध्ये गोरखा जिल्ला २५ हजार १७ घरधुरी निर्माण भएको छ । नेपाल आवास पुनर्निर्माण परियोजना, भारत सरकारको आर्थिक सहयोगमा सन् २०१८ मार्च महिनाबाट युएनडीपीको समन्वयमा गोरखा जिल्लामा कार्यक्रम संचालनमा रहेको छ ।

यस परियोजनामा स्थानीय साझेदारी संस्थाका रुपमा पद्दति विकास केन्द्र र स्वांरा सघन गाँउ विकास केन्द्र मार्फत गोरखा जिल्लाका गोरखा र पालुंगटार २ नगरपालिका तथा धार्चे, गण्डकी, अजिरकोट , आरुघाट , सिरानचोक र शहिदलखन सहित जम्मा ६ गाँउपालिकाका जम्मा ४२ वडाहरुमा सञ्चालन भईरहेको छ । यस परियोजनालले २६,हजार ९ सय १२ घरधुरीका लागि सामाजिक प्राविधिक सहजिकरण अन्र्तगत काम गरिरहेको छ । जसमध्ये भदौ मसान्तसम्म २५हजार १७ घर निर्माण सम्पन्न भइसेका छन् भने ६७७ निर्माणाधीन रहेको परियोजनाले जनाएको छ । ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology