गोरखा १२, मङ्सिर । भारतको सहयोगमा पुन निर्माण सम्पन्न भएको गोरखा नगरपालिका– ९ लक्ष्मीबजारमा रहेको महालक्ष्मी माध्यमिक बिधालय सहितका ३ वटा बिधालयको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकास मन्त्री सहभागी नहुने हनु भएको छ ।
भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृङ्गलाको प्रमुख आतिथ्यतामा हुन लागेको मन्त्री बस्नेत आउनु हुने भनिएपछि अन्तत सहभागी नहुने हुनु भएको हो । कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सिइओ सुशील ज्ञावली सहभागी नहुनु हुने भएको छ ।
कार्यक्रम तालिकामा वारियताक्रम नमिलेका कारण मन्त्री तथा सिइओले कार्यक्रममा सहभागी नहुने भएको स्रोतले बताएको छ । आयोजकले भने मन्त्री बस्नेत र प्राधिकरण सिइओ सहभागी हुने भन्दै व्यानर समेत टाँगी सकेको छ । आयोजकलाई भने दुवै जनाले कार्य व्यवस्थाका कारण सहभागी हुन नसक्ने बताएका छन् ।