Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भारतीय बिदेश सचिव हर्षवद्र्धन श्रृंगला भोली गोरखा आउने


4.1K
Shares

भारतीय बिदेश सचिव हर्षवद्र्धन श्रृंगला भोली गोरखा आउने

गोरखा ११, मङ्सिर । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला भोली गोरखा आउनु हुने भएको छ । भारतीय सहयोगमा बनेका जिल्ला भित्रका निजी घर तथा विद्यालयको उद्घाटनका लागि श्रृगाला गोरखा आउन लाग्नु भएको हो ।

गोरखामा २६ हजार ९१२ घर बनाउने प्रधानमन्त्री मोदीको प्रतिवद्धता अनुसार २५ हजार ५ घर बनिसकेको छ भने ३ वटा विद्यालय पुनःर्निर्माण सम्पन्न छ । श्रृंगला भोली गोरखा नगरपालिकामा रहेका श्री महालक्ष्मी माध्यामिक बिधालय, , श्री रत्नलक्ष्मी माध्यामिक बिधाललय र श्री तारा माध्यामिक बिधालयको उद्घाटन गर्ने कार्यक्रम रहेका जनाइएको छ ।

उहाँले महालक्ष्मी माध्यामिक बिधालयको परिसर लक्ष्मीबजारबाट उक्त तीन विद्यालयको उद्घाटन गर्नुहनेछ । मध्यान्ह्र साढे १२ बजे गोरखा सदरमुकामको कार्यक्रम सके लगत्तै उहाँ मनाङ जाने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology