Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु


2.9K
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु

काठमाण्डौ ११, मङ्सिर । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ । कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टीमको बन्द प्रशिक्षण ९ महिनापछि सुरु भएको हो । प्रशिक्षक जगत टमटाको नेतृत्वमा ९ महिनापछि बन्द प्रशिक्षणमा फर्किएको टीमले स्वास्थ्य सुरुक्षाका सम्पूर्ण मापदण्ड अपनाएको छ ।

सुरुमा बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको नेपाल क्रिकेट संघ क्यानले अहिले २७ जनालाई प्रशिक्षणमा राखेको छ । यद्यपि कप्तान ज्ञानेन्द्र मल्लसहित पाँच जना खेलाडी प्रशिक्षणमा सहभागी हुन पाएका छैनन् ।

कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका कारण पाँच जना प्रशिक्षणमा सहभागि भएका छैनन् । गत मंगलबार गरिएको परीक्षणमा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने बसन्त रेग्मी सङ्क्रमित हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology