Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा चिसो र हिमपात हुन सक्ने क्षति रोकथाम र न्युनिकरणका लागि तयारी रहन निर्देशन


2.5K
Shares

गोरखामा चिसो र हिमपात हुन सक्ने क्षति रोकथाम र न्युनिकरणका लागि तयारी रहन निर्देशन

गोरखा ११, मङ्सिर । चिसो तथा हिमपताबाट हुनसक्ने सम्भावित जोखिमको रोकथाम र न्युनिकरणका लागि तयारी अबस्थामा रहन जिल्ला स्तरीय बिपत् व्यवस्थापन समितिको बैठकले सम्बन्धित स्थानीय तह र सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

आज बसेको समितिको बैठकले हिउँदयाममा बढ्दो चिसोसंगै जिल्लाको उत्तरी क्षेत्रमा भारी हिमपात पर्न सक्ने र चिसोबाट आइपर्ने क्षतिको न्युनिकरण गर्नका लागि आपसी समन्वय र सहकार्यमा पूर्वतयारी, रोकथाम र नियन्त्रणका सचेतनामुलक तथा सन्देशमुुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले हिमपात र चिसोबाट प्रभावित हुनसक्ने क्षेत्रमा रहेका गरिब तथा बिपन्न परिवारको पहिचान गरि राहत तथा उद्धारका लागि दाउरा, इन्धन, कम्बल लगायतका सामाग्रीको भण्डारण गरि सम्भावित जोखिमबाट बच्ने उपाय अबलम्बन गर्न स्थानीइ तहमा आबश्यक सामाग्रीको संचय गर्न तथा उपलब्ध सामग्रीहरुको अध्याबधिक गरेर जिल्ला स्तरीय बिपत व्यवस्थापन समितिमा पठाउन आग्रह गरेको छ ।

त्यस्तै जाडो याममा कुहिरो तथा हुस्सु लागि सडक दुर्घटना बढ्न सक्ने भएकाले सोको रोकथाम तथा न्युनिकरणका लागि जोखिम युक्त क्षेत्रमा बिभिन्न सांकेतिक चिन्ह तथा सचेतनामुलक कार्यक्रम सञ्चालनका लागि सडक कार्यालय तथा सम्बन्धित तहहरुले राख्ने व्यवस्था मिलाउने निर्णय भएको बैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology