गोरखा ११, मङ्सिर । गोरखा जिल्लामा आज थप ५ जनामा कोरोना संक्रमित भेटिएका छन् । जिल्लाको आरुघाट गाउँपालिकामा ४ जना र गोरखा नगरपालिका १ जनामा संक्रमणको पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जारी गर्नुभएको पहिलो बिज्ञप्तिमा गोरखा नगरपालिका वडा नम्बर का २९ बर्षिय पुरुषमा संक्रमणको पुष्टी भएको हो ।
उनको चितवन स्थित फिवर क्लिनिकका कोरोना पुष्टी भएको हो । त्यस्तै आरुघाट वडा नम्बर ९ मा २५ बर्षका एक पुरुष र बर्ष २७, २६ र ३५ बर्षका गरि ३ जनामा महिलामा संक्रमण भेटिएको निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । उनिहरुको गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्र पोखराका स्वांब परीक्षण गरिएको थियो । संक्रमित सवै कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब दिएकाहरु रहेका छन् ।