फुटबलका अहिलेसम्मकै एक महान खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ।
रगत जमेपछि नोभेम्बर महिनाको सुरुमा सफलतापूर्वक उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो र उहाको मदिरामाथिको निर्भरताको पनि उपचार गरिँदै थियो।
उहाँ आर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जित्दा क्याप्टेन हुनुहुन्थ्यो ।
आर्जेन्टिनी फुटबल एशोसिएसनले ट्वीटर सन्देशमा म्याराडोनाको निधनप्रति गहिरो दुख व्यक्त गर्दै भनेको छ, “तिमि सधैँ हाम्रो हृदयमा रहनेछौँ।”