काठमाडौँ १०, मङ्सिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँलाई आज सांँझ कोरोना पुष्टी भएको हो ।
कप्तान मल्लले सामाजिक सञ्जालमा आफुलाई संक्रमणको पुष्टी भएको भन्दै केही दिनयता सम्पर्कमा रहेकाहरुलाई सचेत आग्रह स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउन आग्रह गर्नुभएको छ ।
कप्तान मल्लले आफू कोरोना संक्रमित भएपनि हालसम्म कुनै लक्षण नदेखिएको उल्लेख गर्नुभएको छ ।