Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका ११ वटै स्थानीय तहलाई ग्लोबल गोरखा समाजले बाड्यो स्वास्थ्य सामाग्री


2.6K
Shares

गोरखाका ११ वटै स्थानीय तहलाई ग्लोबल गोरखा समाजले बाड्यो स्वास्थ्य सामाग्री

गोरखा १०, मङ्सिर । गोरखाका ११ वटै स्थानीय तहलाई ग्लोबल गोरखा समाजले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । जिल्लाको गोरखा र पालुङटार नगरपालिका तथा चुमनुब्री, धार्चे, आरुघाट, भीमसेन थापा, शहिद लखन, गण्डकी, सिरानचोक, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

समाजका नेपाल प्रतिनिधी बिनोद पोखरेलले आज सदरमुकाममा एक कार्यक्रम आयोजना गरी जिल्लाको सबै स्थानिय तहलाई मास्क र थर्मल गन हस्तान्रण गरेका थिए । समाजले हालै सम्पन्न अधिवेशन पछिको पहिलो बैठकले जिल्लाको सबै तहमा स्वास्थ्य सामाग्री दिने निर्णय गरे लगत्तै स्थानिय तहलाई सामाग्री हस्तान्तरण गरीएको हो ।

जिल्लाको ११ स्थानिय तहलाई १ लाख रुपैया बरावरको १३ हजार थान मास्क र ३० थान थर्मल गर्न उपलब्ध गराएको जिल्ला समन्वय समिति गोरखाका प्रमुख असोककुमार गुरुङले जानकारी दिनुभयो । त्यस्तै गरी समाजले स्वास्थ्य कार्यालय गोरखा, जिल्ला समन्वय समिति र पत्रकार महासंघलाई समेत उत्त सामाग्री प्रदान गरेको छ ।

स्वास्थ्य कार्यालयलाई १० हजार थान मास्क र १० थान थर्मल गन, समन्वय समितिलाई २ हजार थान मास्क र २ थान थर्मल गन र पत्रकार महासंघलाई २ हजार थान मास्क र १ थान थर्मलगन उपलब्ध गराएकोे नेपाल प्रतिनिधि पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा समन्वय समितिलाइ ग्लोबल गोरखाका नेपाल प्रतिनिधी पोखरेलले सामाग्री हस्तान्तरण गर्नुभएको थियो भने ११ स्थानीय तहलाई जिल्ला समन्वय समितिका प्रमुख गुरुङले उत्त सामाग्री हस्तान्तरण गर्नुभएको हो । समाजले ११ लाख ७६ हजार ८०० बरावरको स्वास्थ्य सामाग्री जिल्लामा बितरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology