गोरखा ९, मङ्सिर । गोरखामा आज कोरोना संक्रमणको पुष्टी भएकाहरु बैकका कर्मचारी, शिक्षक र खाद्य संस्थानका कर्मचारी समेत रहेको पुष्टी भएको छ ।
संक्रमितहरु गोरखा सदरमुकाममा रहेको खाद्य संस्थानका १ जना कर्मचारी, सरस्वती मावि आहालेका १ जना शिक्षक र गोरखा बजारको लोकतान्त्रिक चोकमा रहेको प्रभु बैंकमा १ जना कर्मचारीमा संक्रमण देखिएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
कोरोना संक्रमणबाट गोरखा नगरपालिका भित्र मंगलबार १६ जना र सिरानचोक गाउँपालिकामा १ जना गरि १७ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।