काठमाण्डौ ९, मङ्सिर । बालिका हत्याको बिरोधमा उत्रिएको प्रर्दशनले उग्र रुप लिएपछि महोत्तरीको बर्दिबास क्षेत्र तनाबग्रस्त बनेको छ । ६ वर्षीया बालिकाको हत्या प्रकरणमा भएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली समेत चलाउनु परेको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् ।
गोली लागेकाको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।किराना पसल सञ्चालन गर्दै आएका २५ वर्षीय अरुण कुमार शाहलाई पक्राउ गरेको छ । बालिकाको शव भेटिएपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गमा टायर बालेर अवरोध गरेका छन् । भने उनीहरुले पक्राउ परेका साहको घरमा आगजनी तथा तोडफोड समेत गरेको प्रहरीले जनाएको छ ।
महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा स्थानीयहरु आक्रोशित बनेका छन् । प्रहरीले भीडलाई नियन्त्रणमा लिन १ दर्जनभन्दा बढी अश्रुग्यास तथा केही राउन्ड हवाई फायर समेत गरेको छ ।
सोमवार राति बालिकाको शव बोरामा भेटिएसँगै आक्रोशित बनेका स्थानीयले हत्या आरोपमा पक्राउ परेका आरोपितको घरमा आगजनी गरेका छन् । उनको शव सोमबार मध्यरात हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो ।