Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाबाट अबैध गाई गोरुको तस्करी बढ्यो : प्रहरीले वेवास्ता गरेको स्थानीयको आरोप


6.3K
Shares

गोरखाबाट अबैध गाई गोरुको तस्करी बढ्यो : प्रहरीले वेवास्ता गरेको स्थानीयको आरोप

गोरखा ९, मङ्सिर । गोरखाको सिरानचोक गाउँपालिकाबाट हटौडा तर्फ अबैध रुपमा तस्करी गरेर लैजान लागिएको १९ वटा गोरु सहित एउटा ट्रकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । गोरखा नगरपालिका वडा नम्बर १२ स्थित नौ किलो बजार क्षेत्रका स्थानीयले ना ७ ख ४२७० नम्बरका ट्रकमा राखेर लैजादै गरेको १९ गोरुलाई गएराती स्थानीय युवाहरुले ट्रक सहित नियन्त्रणमा हुन् । यस अघि पनि पटक पटक अबैध रुपमा त्यस क्षेत्रबाट गाई गोरुको तस्करी हुने गरेको जानकारी पाएका स्थानीयबासी सोमबार राती बाटो नै कुरेर बसेका थिए ।

स्थानीय तह तथा अधिकार प्राप्त निकायको स्विकृति बिना नै नक्कली कागजात बनाएर गोरु लैजान लागिएको अबस्थामा नियन्त्रणमा लिइएको स्थानीयको भनाई छ । ‘गोरुलाई हेटौडा उपमहानगरपालिका चिसापानी स्थित भीम बहादुर सुनारको पशु फारममा लैजानका लागि बनाइएको कागजात अधिकारिक निकायको छैन, एक स्थानीयले भने,तत्कालिन जिल्ला पशुसेवा कार्यालय गोरखाबाट अबकास लिएका डा. जीवन पोखरेलको हस्ताक्षर भएको एउटा कागज छ, तर उहाँ अहिले कुनै पनि अनुमति दिने निकायमा हुनुहुन्न ।

पहाडी क्षेत्रमा पाइने स्थानीय जातका गाइबाट उत्पादन भएका गोरुहरु खेतबारी जोत्नका लागि प्रयोग गर्ने गरिन्छ । किसानहरुलाइ धेरै मूल्य दिएर गाउँमा भएका गोरुहरु जम्मा गरेर यस अघि पनि पटक पटक उक्त ट्रकमा जिल्ला बाहिर निकासी भएको स्थानीय युवाहरुले बताएका छन् । यस अघि गाइ समेत लगेको उनीहरुको भनाइ छ । यो रातको समयमा हामी सडकमा किन बस्थ्यौँ ? गाउँघरमा भीरबाट लडेको गाइगोरुको मासु खाँदा समेत प्रहरीले पक्रन्छ तर यतिका धेरै गाइगोरु कहाँ, केका लागि, कसले, किन लैजादै छ भन्ने जानकारी लिनुपर्छकी पर्दैन ? उनले भने ।

अबैध रुपमा गोरु तस्करी गरेर लैजादै गरेको थाहापाएपछि ५०/६० जना स्थानीयबासी सडकमा आएर ट्रकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । यस अघि प्रहरीकै मिलोमतोमा गोरखाबाट अबैध गाइ गोरु बोकेका ट्रकलाई बिना रोकतोक पठाउने गरेको आरोप समेत स्थानीयले लगाएका छन् । स्थानीयले नियन्त्रणमा लिएको अबैध तस्करी गर्न लागेका गोरुहरुलाइ प्रहरीले स्थानीयलाई साक्षी राखेर मुचुल्का उठाएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology