Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाका ६१ परिक्षा केन्द्रबाट कक्षा १२ का ३ हजार परिक्षार्थीले परिक्षा दिदै


8.1K
Shares

गोरखाका ६१ परिक्षा केन्द्रबाट कक्षा १२ का ३ हजार परिक्षार्थीले परिक्षा दिदै

गोरखा ९, मङ्सिर । गोरखा – आजदेखि सुरु भएको प्लस टु को परीक्षामा जिल्लाका करिब ३ बिद्यार्थीहरुले परिक्षामा सहभागिता जनाएका छन् । राष्ट्रिय परिक्षा बोर्डले लिएको परिक्षामा जिल्लाको ६१ परिक्षा केन्द्रमा उत्त संख्यामा सहभागी भएको शिक्षा बिकास तथा समन्वय ईकाइ गोरखाले जनाएको छ ।  ईकाइ कार्यालयको रेकर्ड अनुसार उत्त केन्द्रहरुमा जिल्लाका रेगुलर २ हजार १७३ जना र एक्जामटेड तर्फ ७८१ जनाले परिक्षा दिन फर्म भरेका छन् ।

यस पटकको परिक्षामा कोरोना संक्रमणका कारण जिल्ला बाहिर अध्ययन गरेको भएता पनि जिल्लामा पाएक पर्ने बिद्यालयमा परिक्षा दिन पाउने ब्यवस्था सरकारले गरेको छ । तर गोरखा जिल्लामा बाहिर जिल्लाबाट कति जनाले परिक्षामा सहभागीता जनाउने हो त्यो भने कुनै रेकर्ड नै नभएको गण्डकी प्रदेश, प्रदेश परिक्षा ब्यवस्थापन कार्यालय पोखराका उप निर्देशक नवराज पौडेलले जानकारी दिनुभयो। ‘जिल्ला गत रुपमा के कतिले परिक्षा दिने भन्ने रेकर्ड छैन ।

तर कार्यालयले हेर्ने प्रदेशको १० जिल्लामा कोरोना संक्रमणका कारण पायक पर्ने गरि करिब १ हजार ९७७ जनाले परिक्षाको लागि फर्म भरेको पौडेलले जानकारी दिनुभयो । ‘तर त्यस मध्ये पनि अधिकांश बिद्यार्थीहरुले आफ्नै कलेजमा गएर परिक्षा दिन गएकोले परिक्षा केन्द्रमा कम उपस्थिती देखिएको छ’ पौडेलले भन्नुभयो ।  शिक्षा बिकास तथा समन्वय ईकाइ कार्यालय गोरखाले दिएको जानकारी अनुसार जिल्लामा सबै भन्दा धेरै सदरमुकाममा १३ परिक्षा केन्द्र रहेको छ ।

सदरमुकामको १३ परिक्षा केन्द्र मध्ये द ओल्ड क्यापिटल मावि रानिबन ९निजी बाहेक अन्य १२ मावि सामुदायिक बिद्यालय हो । जिल्लाको चुम नुब्री र धार्चेमा गाउँ पालिकामा भने कुनै पनि परिक्षा केन्द्र नभएको कार्यालयले जानकारी दिएको छ ।  परिक्षा केन्द्र सञ्चालनमा ल्याएका बिद्यालयहरुले सुरक्षामा प्रर्याप्त ध्यान दिएको छ । सम्वन्धीत बिद्यालयले पहिलो चरणमा साबुन पानीले हात धुन लगाएको छ भने दोस्रो चरणमा स्यानिटाईजर दिएर हात सफा गर्न भनेको छ ।

त्यस्तै गरी तेस्रो चरणमा बिद्यार्थीहरुको ज्वरो नाप्न थर्मल गनको समेत प्रयोग गरेको छ । यता स्वास्थ्य सुरक्षाको बिषयमा के कती पालना गरे नगरेको भन्दै गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले नगर क्षेत्र भित्रको विभिन्न बिद्यालयमा चेक जाँच गरिएको र अधिकांशमा स्वास्थ्य सुरक्षा मापदण्ड राम्रो पाईएको स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology