गोरखा ८, मङ्सिर । गोरखा सदरमुकामबाट आज मानसिक अबस्था कमजोर भएका एक बेबारिसे युवकको उद्धार गरिएको छ । दिपेश परियार नाम बताउने उनको जिल्ला प्रहरी कार्यालय गोरखाको समन्यवमा मानवसेवा आश्रम गोरखाले बेबारिसे युवकको उद्धार गरेको हो ।
उद्धारका क्रममा अन्दाजी २३ बर्षिया परियारले धादिङको मलेखु घर भएका बताएका छन् । मानसिक अवस्था कमजोर भई आफ्नो परिवारको बारेमा समेत राम्रो संग बताउन नसक्ने अबस्थामा युवकको उद्धार गरिएको मानवसेवा आश्रम गोरखाले जनाएको छ ।
उनलाइ मानवसो आश्रमको चितवन शाखा कार्यलयको संरक्षणमा पठाइएको छ ।