Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

पोखरामा प्याराग्लाईडिङ दुर्घटना : चालकको मृत्यु, १ युवती गम्भीर घाइते


7.3K
Shares

पोखरामा प्याराग्लाईडिङ दुर्घटना : चालकको मृत्यु, १ युवती गम्भीर घाइते

पोखरा ८, मङ्सिर । कास्कीको पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा १ जनाको मृत्यु छ । दुर्घटनामा प्याराग्लाईडिङमा सवार प्यारा पाइलट पोखरा २८ कालिका घर भइ हाल पोखरा–६ लेकसाइड बस्दै आएका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

आज दिउँसो करिब १ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्वर –१८ सराङकोटबाट उडेको फिष्टेल कम्पनीको प्याराग्लाईडिङ उडान भरेर ल्याण्ड गर्ने क्रममा क्यामचोकमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि गम्भीर भएक प्यारा पाइलट गैरेलाई तत्काल उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।यस्तै दुर्घटनामा परी प्याराग्लाईडिङमा सवार काठमाण्डौ जिल्ला बुढानिलकन्ठ नगरपालिका–२ वासिकु बस्ने २८ वर्षीया शिला श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते श्रेष्ठको अवस्था चिन्ताजनक छ । घटनाको कारणबारे अहिले खुलिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology