गोरखा ८, मङ्सिर । गोरखा जिल्लामा आज २३ जना कोरोना संक्रमति थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अपरान्ह्र जारी गरेको चौथो बिज्ञप्ति थप २१ जनामा संक्रमणको पुष्टी भएसंगै सोमबार मात्रै संक्रमितको संख्या २३ पुगेको हो । संक्रमण पुष्टी भएकाहरुमा जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा बर्ष ४४, १९, १३, र ३९ बर्षका ४ पुरुष, वडा नम्बर ५ मा बर्ष २६ का एक पुरुष, वडा नम्बर १० मा बर्ष ३५ र १३ का २ पुरुष तथा बर्ष ४२ का एक महिला गरि ८ जना रहेका छन् ।
त्यस्तै आरुघाट गाउँपालिका वडा नम्बर ९ मा ३६ बर्ष र ३९ बर्षका गरि २ जना पुरुष तथा २९ बर्षका १ महिला गरि ३ जना, गण्डकी गाउँपालिका वडा नम्बर १ मा ३६ र ४७ बर्षका २ जना पुरुषमा संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार जिल्लाको शहिद लखन गाउँपालिका वडा नम्बर ३ मा बर्ष ३०, ३३, र ३६ बर्षका ३ पुरुष, भीमसेन थापा गाउँपालिकामा वडा नम्बर ४ मा बर्ष २७ र २५ का दुई पुरुष, बर्ष ३३ र ३६ का दुई महिला गरि ४ जनामा पनि संक्रमण भेटिएको छ ।
त्यस्तै जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर ४ मा बर्ष २४ का एकपुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ । सवैको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वांब संकलन गरि कोरोना परीक्षण गर्दा संक्रमणको पुष्टी भएको हो । उनिहरु पोखरा स्थित क्षयरोग उपचार केन्द्रमा पोखरामा स्वांब परीक्षण भएको निर्देशनालयको भनाई छ । यस अघि सोमबार आजै गोरखा नगरपालिका वडा नम्बर ४ का बर्ष २६ का एक पुरुष तथा पालुङटार नगरपालिका वडा नम्बर १० का ४४ बर्षका एक पुरुषमा पनि संक्रमणको पुष्टी भइसकेको छ । उहाँहरु दुई जनाको चितवन मेडिकल कलेजको फिवर क्लिनिकमा संक्रमणको पुष्टी भएको हो ।