गोरखा ८, मंसिर । गोरखाका २ वटा नगरपालिकामा आज पनि कोरोना संक्रमित थपिएका छ्न ।जिल्लाको गोरखा र पालुङटार नगरपालिकामा १/१ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयले आज (सोमबार) जारी गरेको सूचनामा गोरखा नगरपालिका ४ को फिनामका २६ बर्षिय पुरुष र पालुङटार नगरपालिका १० को मिरकोटका ४४ बर्षिया महिलामा संक्रमण देखिएको छ ।
दुवै जना उपचारको लागि चितवन मेडिकल कलेजमा पुग्दा त्यहाँ रहेको फिभर क्लिनिकमा स्वाब दिएका उनीहरुमा संक्रमण देखिएको हो ।