Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कोरोना कहरपछि खुल्यो गोरखा संग्रहालय : पहिलो दिनमै अबलोकन गर्नेको भिड


2.9K
Shares

कोरोना कहरपछि खुल्यो गोरखा संग्रहालय : पहिलो दिनमै अबलोकन गर्नेको भिड

गोरखा ८, मंसिर । नोबल कारोना भाइरस (कोभिड–१९)का कारण बन्द रहेको गोरखा संग्रालय हिजो (आइतबार) देखी खुल्ला गरिएको छ ।
नेपाल सरकारले संक्रमण फैलन सक्ने भन्दै देशै भरी बन्द गरेको संग्रालय हिजो देखी सर्व साधारणको लागि खुल्ला गरेको हो । खुल्ला गरेको पहिलो दिनमा १५० जनाले अबलोकन गरेको गोरखा संग्रालयका प्रमुख नबराज अधिकारीले जानकारी दिनुभयो।

लामो बन्द पछि खुलेको पहिलो दिनमा नै १५० जना नेपालीहरुले संग्रालय अबलोकन गरेको उहाँले बताउनु भयो। संग्रालय बन्द हुदा स्वदेश तथा विदेशबाट आउनेहरुले अबलोकन गर्न पाएका थिएनन् । मुख्य सिजन मानिएको यो बेला गोरखा संग्रालय अबलोकन गर्नेहरुको भिड नै रहन्छ ।

गत बर्ष यही सिजनमा ५९ हजार ६९३ जनाले संग्रालय अबलोकन गरेका थिए । कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार ०७५ साल चैत्र महिना देखी ०७६ साल कार्तिक सम्म १८ हजार १७० जना बिद्यार्थी र ४० हजार ७५३ जना नेपालीहरुले संग्रालयको अबलोकन गरेका थिए । साथै सोही समयमा सार्क राष्ट्रका ४७ जना र अन्य १ हजार २३ जना विदेशीहरुले उत्त समयमा संग्रालयको अबलोकन गरेका थिए ।

संग्रालय अबलोकन गर्न आउनेहरुले तात्कालीन राजा पृथ्वीनारायण शाहको ५२ हात लामो चिना, तात्कालीन अवस्थामा चलन चल्तीमा रहेको सिक्काहरु, पृथ्वीनारायण शाहले प्रयोग गर्ने निजी हतियारहरु, नेपाल एकिकरणमा प्रयोग गरिएका हातहतियारहरु, तत्कालीन गोरखा राज्यमा सारिएका ग्रन्थहरु (पुस्तक), प्राचिन कालका बौद्व चैत्यहरु, गोरखाको ईतिहास, संस्कृती र पुरातत्व संग सम्वन्धीत सामाग्रीहरु अबलोकन गर्न पाउने संग्रालय प्रशासनले जनाएको छ ।

गोरखा संग्रालय खुल्ला भए संगै गोरखा घुम्न आउनेहरुको संख्यामा बृद्वि हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology