Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

भीरबाट लडेर युवतीको मृत्यु


2.8K
Shares

भीरबाट लडेर युवतीको मृत्यु

बझाङ ८, मङ्सिर । बझाङमा भीरबाट लडेर एक युवतीको ज्यान गएको छ । ज्यान जानेमा बुंगल नगरपालिका ६ जुजुनैका २० वर्षीया युवती करिस्मा सिंह रहेका छन् ।

हिजो दिउँसो घरभन्दा २०० मिटर माथि गोठालो गएको बेला बाटोबाट करिब १५ मिटर तल खसेर ज्यान गएको प्रहरीले जनाएको छ । यसअघि मंसिर ३ गते थलारामा १२ वर्षीया बालिका र दुर्गाथलीमा २७ वर्षीया महिलाको भीरबाट लडेर ज्यान गएको थियो ।

यो घटनासँगै बझाङमा गत श्रावण यता भीरबाट लडेर ज्यान गुमाउनेको संख्या १० जना पुगेको बझाङ प्रहरीको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology